२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ दलका ८३ उम्मेदवार : १७ जना निर्विरोध

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन् । प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

नौ दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ गरी ८३ जनाले मनोनयन दर्ता गराएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए। राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निर्वाचन चिह्न प्राप्त गरे पनि एमाले, कांग्रेस, माओवादी, संघीय फोरम, राजपा, नेमकिपा, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले मात्रै उम्मेदवारी दिएका छन् ।

एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाएका छन् । मधेसी दल र कांग्रेसले पनि तालमेल गरेका छन् तर राप्रपा, नेमकिपालगायतले अहिलेसम्म कसैलाई समर्थन गरेका छैनन्।

प्रदेश १ मा एमालेबाट ६, कांग्रेसबाट चार, माओवादीबाट एक र राप्रपाबाट एक गरी १२ जना, प्रदेश २ मा एमालेबाट एक, माओवादीबाट एक, संघीय फोरमबाट दुई, राजपाबाट दुई र नेपाल संघीय समाजवादी पार्टीबाट एक गरी नौ जना, प्रदेश ३ मा एमालेबाट ६, कांग्रेसबाट चार, माओवादीबाट दुई र नेमकिपाबाट चार गरी १७ जना, प्रदेश ४ मा एमाले र कांग्रेसबाट चार(चार, माओवादीबाट दुई र राजमोबाट दुई गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, प्रदेश ५ मा एमाले र कांग्रेसबाट चार(चार, माओवादीबाट दुई र जनमोर्चाबाट एक गरी १२ जना, प्रदेश ६ मा एमालेबाट पाँच, कांग्रेसबाट चार र माओवादीबाट तीन गरी १२ जना, प्रदेश ७ मा एमाले र कांग्रेसबाट चार(चार र माओवादीबाट दुई गरी १० जनाको उम्मेदवारी परेको छ ।

दर्ता भएका उम्मेदवारविरुद्ध माघ ११ गते बिहान १० देखि १२ गते ५ बजेसम्म उजुरी दिन सकिने आयोगले जनाएको छ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी माघ १३ र १४ गते अन्तिम निर्णय गरिने प्रदेश ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए । माघ १४ गते २ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभामा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित, एक जना अल्पसंख्यक र अन्य तीन गरी आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । एकल संक्रमणीय प्रणालीअनुसार स्थानीय तहको १८ र प्रदेशको ४८ मतभार कायम गरिएको छ । स्थानीय र प्रदेशको मतभारअनुसार वाम गठबन्धनले ४०, कांग्रेसले १२ र मधेसी दलले चार सिट जित्ने देखिएको छ ।

१७ जना निर्विरोध

उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन् । १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन् ।

प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन उनीहरूलाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments