२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

अ+ अ-

काठमाडौं । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले–माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो। ओली–दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली–दाहालबीच अढाई घन्टा छलफल भएको थियो ।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन् । यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग–अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्।’

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज(भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए। ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भने।

फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्। ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्। तर, एमाले दाहाललाई सहअध्यक्षमा मनाउने कोसिसमा लागेको छ। ‘दाहाललाई उच्चस्तरीय राजनीतिक संयत्रको संयोजक, एकीकृत पार्टीको सहअध्यक्ष र महाधिवेशनपछि अध्यक्ष बनाउने गरी मनाउने प्रयास गरिरहेका छौं,’ एमाले स्रोतले भन्यो। तर, दाहाल उधारोमा अध्यक्ष लिने गरी एकताको पक्षमा छैनन्। उनको चाहना अहिले नै एकीकृत पार्टीको नेतृत्वमा पुग्ने देखिन्छ।

ओली(दाहाल भेट अझै नटुंगिएको माओवादी नेता चक्रपाणि खनालले बताए। दाहालबाट पछिल्लो प्रगति सुनेका नेता खनालले शुक्रबार साँझको बैठक पनि टुंगोमा पुगिनसकेको बताए। ‘उहाँहरू (एमाले) नेतृत्वमा अझै पनि अडानमा देखिनुभएको छ, हामी पनि सबै सुम्पिएर एकतामा जाने कुरा छैन, कुरा मिलिसकेको छैन, अझै छलफल जारी छ।’

शुक्रबारको गोप्य छलफल पनि निर्णायक हुन नसकेपछि ओली–दाहालबीच आइतबार पुनः एक्लाएक्लै छलफलको तयारी हुँदै छ। दुई नेता अब छलफललाई निर्णायक बनाई पार्टी एकता प्रक्रियालाई निर्णायक बनाउने योजनामा छन् । दाहालले चितवन कार्यक्रममा भने, ‘आज–भोलि नै निर्णायक वार्तामा बसी निष्कर्षमा पुगिन्छ।’

सरकार गठनअगाडि पार्टी एकता नभए पहिलो चरणमा सरकारमा सहभागी नभई बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई सहयोग गरेर जाने कि भन्ने विकल्पमा पनि माओवादीभित्र छलफल चलेको छ। ‘पार्टी एकता नभई सरकारमा सहभागिताको विषयमा माओवादीले पर्खने हुन सक्छ,’ ती नेताले भने, ‘पार्टी एकतापछि मात्र सरकारमा सहभागी हुने नीति अवलम्बन गर्ने विषयमा पनि छलफल भएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments