२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात प्रदेशका सभामुखमा को–को छन् प्रतिस्पर्धी ?

अ+ अ-

प्रदेश १ : सभामुख हुने सम्भावित एमाले नेता

प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ । संसदीय दलको नेतामा पराजित भएका एकलाई सभामुख दिएर व्यवस्थापन गर्ने एमालेको तयारी छ । महिला अघि सार्दा उषाकला राईको सम्भावना छ ।

प्रदेश २ : कसको छ सम्भावना ?

प्रदेश २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावन छ । त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ र प्रभावशाली नेता मनीष सुमन प्रतिस्पर्धामा छन् । नवलकिशोरको चर्चा धेरै छ । सभामुख सेरेमोनियल पद भएको र सो पदका लागि नवलकिशोर परिपक्व भएको भन्दै राजपाले उनलाई नै अघि सार्ने सम्भावना छ । उनी सद्भावना पार्टीको पृष्ठभूमिबाट आएका हुन् । नवलकिशोरको विकल्पमा सद्भावनाकै पृष्ठभूमिका मनीषकुमार सुमनलाई अघि सार्ने तयारी छ । औपचारिक निर्णय भएको छैन ।

प्रदेश ३ : सभामुखमा डोरमणिको सम्भावना

प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ । एमालेबाट सभामुखमा पुरुषको दाबी देखिएकाले माओवादीबाट महिला उपसभामुख हुने सम्भावना छ ।

एमालेबाट सभामुखका लागि डोरमणि पौडेलले इच्छा देखाएका छन् । उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । मुख्यमन्त्रीमा दबी गरेर सभामुख बन्ने पौडेलको भित्री रणनीति छ । अहिले पनि पौडेलले ज्येष्ठ सदस्यका आधारमा सभामुखको भूमिका निर्वाह गरिरहेका छन् । एमालेमा सभामुखका लागि अरू नेताले मुख खोलेका छैनन् ।

प्रदेश ४ : आशा कोइराला एक मात्र दाबेदार

प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना धेरै छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादी केन्द्रले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ । सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ । पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा र गोरखाका लेखबहादुर थापामगरलगायत दाबेदार भए पनि बाहिर इच्छा व्यक्त गरेका छैनन् । पार्टीभित्र पनि आशाकै चर्चा बढी छ ।

प्रदेश ५ : प्रदेश सभामुख बन्ने दौडमा माओवादीका बराल र घर्ती

मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन् । घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन् । खस–आर्य समुदायबाट पोखरेल मुख्यमन्त्री भएपछि जातीय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउन माओवादीभित्रै दबाब छ । यस्तोमा घर्ती र बराल मुख्य दाबेदार देखिएको माओवादी स्रोत बताउँछ । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुख वा मन्त्रीका लागि दाबी गरेका छन्।

प्रदेश ६ : सभामुखमा एमालेका कँडेल वा ज्वालामध्ये एक

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएपछि प्रदेश ६ मा एमालेले सभामुख पाउँदै छ । तर, एमालेको आन्तरिक विवादका कारण सभामुखको टुंगो लागेको छैन । प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एक सभामुखका हुने सम्भावना छ । एमाले नेताहरूका अनुसार ज्वाला सभामुखमा जाने मनस्थितिमा छन् । उनी सभामुख भए कँडेल संसदीय दलको नेता हुनेछन् । यो समीकरणअनुसार सहमति नभए आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेर ज्वालाले प्रदेश सरकारमा एमालेको नेतृत्व गर्न सक्नेछन् । मुख्यमन्त्री हुने र प्रमुख सत्तासाझेदार दलले आन्तरिक मामिला वा आर्थिक मामिला तथा योजना मन्त्रालयमध्ये एक लिनेछन् ।

प्रदेश ७ : प्रदेश ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा

वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् । डोटीबाट निर्वाचित पूर्णा जोशी, डडेल्धुराबाट निर्वाचित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वाचित अर्जुन थापा सभामुख बन्ने दौडमा छन् । यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए । २१ माघमा प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष भीम रावलको उपस्थितिमा संसदीय दलको बैठक बस्ने एमालेको तयारी छ । त्यही बैठकले संसदीय दलको नेता तथा सभामुखको उम्मेदवार चयन गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments