२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजको ४० लाख बिरामीलाई

अ+ अ-

काठमाडौं । आफ्नो चेम्बरमा बिहेको निम्तो कार्ड आएरनआएकोमा न्यायाधीशहरूले सोधीखोजी गरे। कानुन व्यवसायीका ‘ल फर्म’ मा पनि त्यस्तै गाइँगुइँ चल्यो। तर पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ कानुन व्यवसायी सुशीलकुमार पन्त भने यो सबै थाहा पाएर पनि मौन बसिरहे। साथीभाइ र इष्टमित्रले बिहेभोजमा गरेको खर्चबाट विरक्तिएका उनले आफ्नै छोरा–बुहारीको बिहेभोजलाई लिएर भइरहेको खासखुस नसुनेजस्तो गरी टारिरहे।

अस्ट्रेलिया बस्दै आएका छोराको बिहेमा भोजभतेर गरेर लाखौं रकम खर्च गर्नुभन्दा त्यसको सार्थक उपयोग गर्ने सोच उनले बनाइसकेका थिए। त्यसैले पनि साथीभाइ र इष्टमित्रका अपेक्षाको सम्बोधन गर्न रुचि देखाएनन्।

उनले सामान्य रूपमै छोराको बिहे गरे र भोज पनि त्यसैगरी टारे। अत्यन्तै निकटका इष्टमित्रबाहेक कसैलाई बोलाएनन्। बरु भोजमा खर्च गर्न छुट्याएको ४० लाख रुपैयाँ विपन्न बिरामीको सहयोगार्थ दुई वटा संस्थालाई हस्तान्तरण गरे। अनुत्पादक खर्च गर्नु साटो त्यसलाई रचनात्मक काममा उपयोग गरूँ भन्ने चाहना र छोरा(बुहारीलाई पनि मातृभूमिप्रति स्नेह बढोस् भन्ने कामना पूरा गर्न उनले दुई संस्थालाई २०र२० लाख रुपैयाँ दिने निर्णय गरेका हुन्। ‘भोजभतेरमा खर्च गरेर रवाफ देखाउने जुन संस्कार बढिरहेको छ, त्यसले अझ बढावा नपाओस् भन्ने मेरो चाहना हो’, उनले भने।

वरिष्ठ अधिवक्ता पन्त र श्रीमती कुमुदाले छोरा सुदीज्ञ पन्त र बुहारी सविना पोखरेलको बिहेभोजलाई छुट्याएको ४० लाख रुपैयाँको चेक बिहीबार सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलगायतलाई साक्षी राखेर नेपाल क्यान्सर केयर र पुण्यार्जन फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा न्यायाधीश जोशीले उपनिषद् र संस्कृतका श्लोक उद्धृत गर्दै नवविवाहित जोडीलाई बधाई दिए र पन्तको सराहना गरे। ‘जीवन भनेको विवेकले खेलिने करुणाको लठ्ठी हो’, उनले भने, ‘करुणाका लागि योगदान गर्दै आएका दुई संस्थालाई सहयोग गर्नु उत्तम कार्य हो।’

भोजभतेरमा खर्च हुने फजुल रकम परोपकारमा लगाएर समाजलाई अघि बढाउन प्रेरित गरेको उनले बताए। आफन्तले आफन्तकै खुट्टा तान्ने प्रवृत्ति रहेकोमा व्यंग्य गर्दै जोशीले थपे, ‘खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ। परोपकारजन्य कार्यको चेतना विस्तार गर्नुपर्छ।’

पूर्वअर्थमन्त्री डा।प्रकाशचन्द्र लोहनीले वैवाहिकलगायत अन्य भोजभतेरमा कसले बढी खर्च गर्ने भन्ने मानसिकता र प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘भोजभतेरमा फजुल खर्च गरिने रकम अरूलाई सहयोग गर्नमा लगाउने कार्यले अन्य अभिभावक र दम्पतीलाई मार्गदर्शन गरेको छ। यसको सिको गरेर अभियानका रूपमा अघि बढाउन जरुरी छ।’

क्यान्सर केयर फाउन्डेसनकी महासचिव एवं स्त्रीक्यान्सर रोग विशेषज्ञ डा। सरीता घिमिरेले गाउँमा रहेका क्यान्सर पीडितलाई निःशुल्क जाँच गर्नुुका साथै विगतमा जाजरकोटमा स्वाइन फ्लुको प्रकोप र भूकम्पप्रभावित भएको बेला सिन्धुपाल्चोकमा पुर्याएको सहयोगको स्मरण गरिन्। उनले भनिन्, ‘क्यान्सरविरुद्ध हामी सक्छौं र म सक्छु भन्ने जुन नारा छ, त्यसलाई अघि बढाउन र आफूहरूलाई अघि बढ्न सहयोग रकमले थप प्रेरित गरेको छ।’

सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिद्वारा स्थापित क्यान्सर केयर र पुण्यार्जन फाउन्डेसनले बिरामीलाई स्वतःफूर्तरूपमा सहयोग गर्दै आएका छन्। पुण्र्याजन फाउन्डेसनले भूकम्प प्रभावितका साथै दृष्टिविहीन बालबालिका मधुमेह र कुष्ठप्रभावितलाई सहयोग गर्दै आएको छ।

पुण्यार्जन फाउन्डेसनका अध्यक्ष डा। सुशील कोइरालाले ३६ हजार अन्य एनजीओभन्दा फरक ढंगमा काम गरिरहेको बताए। उनले भने, ‘माया तथा ममताको नाममा हामी विदेशीसँग दास बन्ने होइन। नेपाल र नेपालीबाटै सहयोग हुनुपर्छ भन्ने हो। फजुल खर्च नगरी सहयोग गर्ने हो भने नेपालभित्रै पुण्यार्जन गर्न सकिन्छ।’ फजुल खर्चको उपयोग गरी उदाहरणीय काम गरेकोमा उनले पन्त परिवारप्रति आभार व्यक्त गरे। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खरब छ ।

0 Comments