२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’

अ+ अ-

काठमाडौं । नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ।

संघीय संचरनामा गइसकेपछि मुलुकको अखण्डता र स्वाधीनताबारे विभिन्न आशंका भइरहेका बेला सेना दिवसको अवसरमा सैनिक नेतृत्वबाट आएको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सेना दिवसका अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार मातहतलाई शुभकामना सन्देश दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सदैव तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानसेनापति क्षत्रीले इंगित गर्न खोजेको नेपालको अस्मितामाथि धावा बोल्ने तत्व को हुन् भन्नेबारे भने केही उल्लेख छैन। यद्यपि, मधेसमा विखण्डनकारी अभिव्यक्ति दिँदै आएका सीके राउत र उनका कार्यकर्ताको गतिविधिमाथि सुरक्षा निकायले निगरानी गर्दै आएको छ।

प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै जंगीअड्डाले भनेको छ, ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राख्दैनौं। पुर्खाले स्थापना गरेको मूल्यमान्यता र देशभक्तिप्रति गर्व गर्दै नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको छ।’

प्रधानसेनापति क्षत्रीले आफ्नो मन्तव्यमार्फत राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नेपाली सेना कुनै पनि कठोर निर्णय लिनसमेत तयार रहेको सन्देश दिन खोजेका छन्।

मुलुक संघीय संरचनामा गएपछि नेपाली सेनाले संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनी स्थापना गरिसकेको छ।

केही दिनअघि जंगी अड्डामा बसेको पृतनापतिहरूको बैठकमा मुलुकभर ‘मिलेटरी इन्लेलिजेन्स’लाई थप बलियो बनाई विखण्डनकारीको गतिविधिमाथि गहिरो निगरानी राख्नेबारे समेत छलफल भएको थियो। प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको गैरराजनीतिक चरित्रमा असर पार्न सक्ने खालका कुनै प्रकृतिका दबाब नेपाली सेनालाई सह्य नहुने स्पष्ट पारेका छन्।

उनले नेपाली सेनामाथि हुने कुनै पनि दबाब र परिघटनाले नेपाली सेनाको चेन अफ कमान्डमाथि नै प्रहार हुन सक्ने भन्दै फौज एकढिक्का हुनुपर्ने बताए।

त्यस्ता दबाब आए सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरू टुट्ने सम्भावनाप्रति नेपाली सेना सधैं सजग रहनुपर्ने उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले भने, ‘नेपाली सेनाको चेन अफ कमान्डप्रति असर पर्ने गरी कार्य गराउने जोसुकै भए पनि कारबाहीको भागिदार हुनेछन्।’

प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई विस्तार गर्दै सैनिक कूटनीतिलाई थप मजबुत तथा सुदृढ पार्दै लैजाने अभिव्यक्ति दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments