२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपक मनाङेको नागरिकताबारे छानबिन सुरु

अ+ अ-

काठमाडौं । सरकारले मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को नागरिकता शंकास्पद भएको भन्दै छानबिन थालेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई मनाङेको नागरिकता शंकास्पद भएकाले छानबिन गर्न निर्देशन दिएपछि उनको नागरिकतासम्बन्धमा छानबिन थालिएको हो।

मनाङबाट प्रदेशसभाको सांसद जिते पनि सर्वोच्च अदालतले उनलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजायको फैसला सुनाएपछि उनी निलम्बित छन्। ज्यान मुद्दामा सजाय भोग्नुपर्ने अवस्थामा रहेका उनको नागरिकता पनि शंकास्पद देखिएको भन्दै छानबिन थालिएको हो।

मनाङेले २०४६ साल १ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए। उनको नागरिकता नम्बर नै दुई वटा छ। काठमाडौं जिल्ला प्रशासनले उनको नागरिकतामा २७५०/२६२९ र ४२१२/५३२९ नम्बर राखेर नागरिकता जारी गरेको पाइएको छ। दुई वटा नागरिकता नम्बर पाइएपछि छानबिन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

मनाङेको नागरिकता छानबिन गर्न उजुरी परेपछि अख्तियारको गत ७ माघमा बसेको बैठकले मनाङेको नागरिकता छानबिन गर्नुपर्ने निर्णय गरेको थियो। अख्तियारले सो निर्णयपछि २१ माघमा मनाङेको नागरिकता छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। अख्तियारको पत्र प्राप्त हुनासाथ गृहले पनि २८ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई मनाङेको नागरिकताबारे छानबिन गर्न निर्देशन दिएको हो। जिप्रका काठमाडौंको नागरिकता शाखाले मनाङेको नागरिकता छानबिन थालिएको जनाएको छ।

जिप्रका काठमाडौंले मनाङेलाई नागरिकतासहित कार्यालयमा उपस्थित हुन पत्र पठाउने तयारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मनाङेको नागरिकता छानबिन गर्न निर्देशन दिँदै गृह मन्त्रालयबाट पत्र आएको पुष्टि गरे। अख्तियारको निर्देशनपछि गृह मन्त्रालयले नागरिकता छानबिन गर्न जिल्ला प्रशासनलाई पत्र पठाएकाले मनाङेको नागरिकताबारे छानबिन थालिएको प्रजिअ शर्माले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments