२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवामाथि पौडलको प्रश्‍न : गुट संरक्षकबाहेक के गर्नुभयो ?

अ+ अ-

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याएको समेत आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशनलगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन। परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुगेको छ। पार्टीको सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याउँदै आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य के गर्नुभयो।’

तपाईंको नेतृत्वले आफ्नो गुट मजबुत बन्यो होला तर, बिचरा कांग्रेस झन्झन् दुर्बल बन्दै कम्युनिस्टलाई सत्ता सुम्पिन बाध्य भएको आरोप पौडेलले लाए।

कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत अपजसको भारी बनेको भन्दै पौडेलले आक्रोश पोखे।

चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रैस नै रहेको दाबी गर्दै पौडेलले भनेका छन्, ‘सातमध्ये एउटै प्रदेशमा पनि सत्ता नेतृत्व किन गर्न सकेन। कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। यसको जिम्मेवार देउवाले दिनैपर्छ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाब दिने बलसम्म नहुँदा निरीह बनेर संसद्मा बस्नुको विकल्प नरहेको उनको तर्क छ।

चुनाव पराजयमा पार्टी सभापतिले नैतिक जिम्मेवारी नलिनु आपत्तिजनक कुरा हो भन्दै पौडेलले भनका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसक्यो।’

उनले देउवासमक्ष तत्काल महाधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन्। महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान देउवालाई आग्रह गरेका छन्।

पौडेलले जम्बो मन्त्रिपरिषद्को गठन, प्रधानन्यायाधीशमाथिको महाअभियोगदेखि आईजीपी प्रकरण, राजदूत नियुक्तिलगायतमा आफ्नो सुझावलाई बेवास्ता गरेको परिणाम कांग्रेस निर्वाचनमा पराजित भएको आरोप लगाए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments