२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मति प्रयास

अ+ अ-

काठमाडौं । कांग्रेसले फागुन २१ मा संसदीय दलको नेता चयन गर्ने घोषणा गरेसँगै नेताहरूले सर्वसम्मतिको प्रयास थालेका छन्। सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेको भए पनि महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास भएको हो।

नयाँ व्यक्तिलाई अघि सार्दा पार्टीको तल्लो तहसम्मै सकारात्मक सन्देश जाने भन्दै डा।नारायण खड्का, प्रदीप गिरीलगायत नेताहरूले सर्वसम्मत नेता चयनका लागि सक्रियता बढाएका छन्। ‘हामी सभापति देउवासँग लगातार छलफलमा छौं’, कांग्रेस नेता डा।नारायण खड्काले अन्नपूर्णसँग भने, ‘हाम्रो प्रयास अन्तिमसम्म जारी रहन्छ।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडैल र बुधबार महामन्त्री शशांक कोइरालाले नवनिर्वाचित सांसदलाई शुभकामना दिन आफ्नो निवासमा आयोजित चियापान र लन्च पनि दलको नेता चयनकै सिलसिलामा भएको भएको नेताहरूको आकलन छ। पौडैल निवासमा आयोजित चियापानमा सहभागी नभएका सभापति देउवासहित नेता बुधबार महामन्त्री कोइराला निवास पुग्नुलाई पनि नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। यद्यपि देउवाले कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै दलको नेता आफैं हुने दाबी गरेका थिए।

खड्का, गिरीलगायत नेताले कांग्रेसभित्र एक चरण छलफल गरिसकेका छन्। उनीहरूले शनिबार पुनः यस सन्दर्भमा छलफल गर्ने बताएका छन्। ‘सोमबार दलको नेता चयनका लागि निर्वाचन हुने बेलासम्ममा कांग्रेसले सरप्राइज पनि दिन सक्ने सम्भावना छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामी सर्वसम्मत रूपमै दलको नेता छान्नुपर्छ भन्नेमा लागिरहेका छौं।’ सर्वसम्मतिको प्रयास विफल भए मात्रै लोकतान्त्रिक विधिमार्फत दलको नेता छान्ने उनले जानकारी दिए।

महामन्त्री कोइरालाले यसअघि नै सभापति देउवाले साथ दिने विश्वास व्यक्त गर्दै सर्वसम्मत तरिकाले मात्रै दलको नेता बन्ने बताइसकेका छन्। अर्का नेता प्रकाशमान सिंहले पनि अन्य नेतामा सर्वसम्मति भए समर्थन गर्ने तर चुनाव हुने अवस्थामा आफूले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। महामन्त्री कोइराला निवासमा आयोजित चियापानमा पनि उनले त्यही कुरा दोहोर्‍याएका थिए।

कांग्रेसभित्र अहिलेसम्म सभापति देउवा र पौडल समूहबाट प्रकाशमान सिंहले दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन्। संघीय संसद्मा ७६ सिट जितेको कांग्रेसमा सभापति देउवाको पक्षमा प्रस्ट बहुमत रहेको नेताहरूले बताएका छन्। प्रतिनिधिसभातर्फ ६३ मध्ये ४३ सांसद आफ्नो पक्षमा रहेको दाबी देउवा पक्षको छ। देउवापक्षीय नेताहरूका अनुसार पौडल पक्षसँग १७ र सिटौला पक्षसँग तीन सांसद छन्।

राष्ट्रियसभामा निर्वाचित १३ जना नै सांसद सभापतिको पक्षमा रहेको दाबी देउवा खेमाका नेताहरूले गरेका छन्। कांग्रेससम्बद्ध स्रोतले निर्वाचन नै हुने भए देउवा र सिंहको मतभारमा सासंदहरू विनोद चौधरी, अभिषेकप्रताप साह, अमरेश सिंह, गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरीलगायतको मत संख्यात्मक हिसाबले निर्णायक हुन सक्ने दाबी गरेको छ।

संख्यात्मक हिसाबले भन्दा पनि अहिलेको अवस्थामा सबैको मन जित्ने काम गर्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्। कांग्रेसले हालै बनाएको संसदीय दलको विधानअनुसार दलको नेता बन्न ५० प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments