२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

अ+ अ-

बुटवल । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।

उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए ।

यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ भन्दै उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला स्थापना भएको २० दिनमात्रै भएको छ जसका कारण बिरामीलाई अस्पतालमा त्यसको उपचार हुन्छ भन्ने विषयमा समेत जानकारी छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए ।

उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा छ भन्ने विषयमा जानकारी नभएका कारण त्यसबाट प्रभावित बिरामी कम देखिएको अब बढ्दै जाने देखिन सक्छ भने ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले प्रयोगशाला भए पनि स्थान अभावका कारण समस्या देखिएको उल्लेख गर्दै प्रयोगशाला स्थापना गरेका त छौँ तर स्थान अभावको समस्या हटाउन छलफल भएको बताए ।
उनले ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामीका लागि भवन बनाउन रु २४ करोड माग भएको उल्लेख गर्दै यसको औषधि अस्पतालमा निःशुल्क पाइन्छ भने ।

दाङ र बर्दियाका थारु समुदायमा ‘सिकलसेल एनिमिया’ बाट प्रभावितको विषयमा उपचारको व्यवस्था मिलाउन नसकेको भन्दै प्रदेश नं ५ कोे प्रदेशसभामा प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका थिए । तर प्रदेश सरकारले ‘सिकलसेल एनिमिया’ प्रभावितका लागि रु एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । सात लाखभन्दा बढी थारु समुदायको बाहुल्यता रहेको प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा थारु जातिको बाहुल्यता रहेको छ । रासस