२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराको एकमात्रै कभर्ड हल भत्कियो

अ+ अ-

डडेल्धुरा । डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ ।

अमरगढी नगरपालिका वडा नं. ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको थियो ।

जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए ।

विगत एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् (राखेप) र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा हल भत्किएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरे तर बेवास्ता गरियो अध्यक्ष मगरले जानकारी गराए ।

जिल्लाको एकमात्र कभर्ड हल भत्किदा जिल्लाका इनडोर खेलकूदका कार्यक्रमसमेत प्रभावित हुने भएका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा अब खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताए।

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कभर्ड हलको आवश्यकता रहेको उनको भनाइ छ । कभर्ड हलमा शनिबारको दिन भएकाले कुनै खेलाडीलाई चोटपटक भने लागेको छैन । अन्य दिनमा सामान्य किसिमका इनडोर खेलको अभ्यासका लागि खेलाडीहरु आइरहने भए पनि त्यो दिन भने बिदाका कारण कोही पनि हलभित्र नहुँदा कुनै किसिमको अप्रिय घटना हुनबाट जोगिएको खेलकूद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए । रासस