२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वतन्त्र पत्रकारितालाई अङ्कुश नलगाइयोस्

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा सांसदलेविभिन्न विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद प्रकाश रसाइलीले स्वतन्त्र पत्रकारितालाई अङ्कुश नलगाइयोस भनी सरकारको ध्यानार्षण गराएका छन् । उनले
मुलुकी फौजदारी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाएको बताउँदै संशोधन गर्न माग गरेका छन् ।

यस्तै सांसद बालकृष्ण खाँणले लाकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितालाई अङ्कुश लगाउने काम कोही कसैबाट हुन नहुने धारणा व्यक्त गरे ।

विभिन्न विकास निर्माणका कार्यहरुमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँचको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद दलबहादुर रानाले सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेका कानून बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । सांसद दिलेन्द्रप्रसाद बडूले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्ने वार्षिक परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अघि नै सार्वजनिक गर्नेलाई कारवाही गर्न र पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानबिनको माग गरे।

सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता प्रदान गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शान्तिपूर्ण आन्दोलनमा रहेका जनतालाई बर्दियामा प्रहरीले धरपकड गरेर लोकतन्त्रकै धज्जी उडाउने काम गरेको हुँदा त्यस्तो कार्यलाई तत्काल रोक्न सरकारलाई सुझाव दिए । सांसद नारायणप्रसाद मरासिनीले प्रदेश नं ४ र प्रदेश ५ नं लाई जोड्ने कालीगण्डकीमाथि रहेको राम्दी पुल जीर्ण अवस्थामा रहेकाले तत्काल मर्मत सुधार होस् भने ।

सांसद पदम गिरीले पर्वत जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट पुलमा क्षति पु¥याएकाले तत्काल मर्मत सुधारका लागि माग गरे । सांसद पार्वता डिसी चौधरीले लामो समयदेखि सञ्चालनमा आउन नसकेको राप्ती विज्ञान प्रतिष्ठानलाई अब तत्काल सञ्चालनमा ल्याइयोस् भनीन् । सांसद पार्वतीकुमारी विङ्खेले दैलेख भएर हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्गमा लामो समयदेखि शिलान्यास भएर पनि अलपत्र अवस्थामा राख्ने ठेकेदारलाई कारवाही गर्न र पुल निर्माणलाई अघि बढाउन माग गरिन् ।

सांसद पूर्णकुमारी सुवेदीले विकासको गति नयाँ योजना बनाएर विकास र समृद्धिलाई अघि बढाइयोस् भनिन् । सांसद प्रतिमा राईले कटारीबाट घुर्मी जाने सडक क्षेत्रमा पार्किङ शुल्कका नाममा गैरकानूनी काम भएकाले त्यसलाई रोक्न माग गरिन्। सांसद प्रमोद शाहले मुलुकभर युरिया मलका लागि किसानले निकै कठिनाइ भोग्नु परिरहेको अवस्थालाई न्त्य गर्न र कालीमाटी तरकारी बजारका स्टल बिचौलीयाको ठूलो आम्दानीको स्रोत बन्दै आएकाले छानबिन होस् भनेका छन् ।