२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गुरपालनबाट मनग्य आम्दानी गर्दै श्याम बहादुर विक

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए ।’सामान्य रूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ’ विकले भने,’अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको हूँ ।’

अहिले उदाहरणीय व्यवसायी बनेका विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीहरूबाट व्यवसाय शुरु गरेका थिए । ‘शुरुमा मासु प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरू प्रयोग गर्थें’ व्यवसायी विकले भने, ‘अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० बढी पाठापाठीहरू बिक्री गर्ने गरेको छु ।’ बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको विक बताउछन् ।

‘सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म ऋण पुग्न सकेको छैन’ व्यावसायी विकले भने, ‘कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।’  रासस