२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा

अ+ अ-

भोजपुर । जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको इष्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

५ मेघावाट क्षमताको उक्त आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी रहेको छ । आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ । आयोजनाको पिपिएअनुसार आगामी असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य राखिएको छ । लामो समय विवादका कारण बन्द रहेको हाइड्रोपावरको डेढ वर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।

आयोजनाको मुहानमा बाँध निर्माणको काम भइरहेको छ । विद्युत्गृहदेखि मुहानसम्मको चार किलोमिटर एड्रेस पाइप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा रहेको हाइड्रोपावरका इञ्जिनीयर रोशन साहले बताए । उनले भने, ‘निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेर विद्युत् वितरण शुरु गर्ने लक्ष्य लिएका छौँ ।’

विसं २०६२ मा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको थियो । आयोजनाको २०६७ बाट निर्माण शुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्पलगायत विविध राजनीतिक गतिरोधका कारण कामले गतिलिन सकेको थिएन ।

आयोजनाको विद्युत् क्षमता २०७२ को अन्त्यतिर बढाएर ५मेघावाट पु¥याइएपछि निर्माणको कामले तीव्रता पाएको जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । केन्द्रीय प्रसारण लाइनमा जोड्न तार तान्ने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

आयोजनाको कूल इस्टिमेटको १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयका लागि माघमा शेयर खुला गरिने बताइएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाइड्रोपावरको कूल रु १ अर्ब २० करोडको प्राविधिक इस्टिमेटमध्ये ६ करोड २० लाख बराबरको शेयर पाउने छन् ।