२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदुरपश्चिमको आर्थिक राजधानी खप्तड : ढकाल

अ+ अ-

डोटी । सुदुरपश्चिम प्रदेशको आर्थिक राजधानीका रुपमा खप्तड राष्ट्रिय निकुञ्जलाई विकास गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले बताएका छन् ।  कृर्षि पर्यटन,उद्योग व्यापारको पुर्वाधार सुदुरपश्चिम विकासको मुल आधार भन्ने मुल नाराका साथ शुक्रबार देखि फागुन ५ सम्म दिपायलमा हुन गईरहेको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५ को उद्घाटन गर्दै सो कुरामा जोेड दिएका थिए ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका ढकालले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी तोकियो भन्दैमा यस क्षेत्रका जनताले आक्तिनु पर्ने कुनै कारण नरहेको खप्तडलाई आर्थिक राजधानीको रुपमा विकास गर्न सकिने बताए । उनले भने देशमा दिनानु दिन बेरोजगारी बढिरहेको छ सरकारले कुनै पनि देश संग श्रम सम्झौता गरेर ताली बजाउदैमा देशमा विकास हुन्छ भन्ने छैन देश भित्र रहेका सम्भावनाहरुको अध्ययन गरी प्रर्वद्धनमा लगानी नगरेसम्म देश समृद्धिमा जान नसक्ने बताए ।

मेला महोत्सव आफ्नो क्षेत्रमा उत्पादित चिज बस्तु बजारीकरण हुनुका साथै कला संस्कृतिको प्रर्वद्धनमा समेत सहयोग पुग्ने बताए । सुदुरपश्चिमको विकासमा आफुले सहकार्य र सहयोग गर्ने समेत ढकालले बताए । सुदुरपश्चिमका ठुला बिकास निमार्ण कार्यहरु गर्नमा दबाव दिन उद्योग वाणिज्य संघको भुमिका महत्वपुर्ण रहेको उद्योग वाणिज्य सुदुरपश्चिम संयोजक शकंर बोगटीले बताए । उनले भने उद्योग वाणिज्य संघले सरकारलाई शालीन तरिकाले दबाब दिने काम गर्न, घचघच्याउने काम गर्छ ।

हामीले दबाब दिदा धनगढी सेति अंचल अस्पतालमा आई सि यू रुपमा व्यवस्थापन भएको छ त्यो एउटा उदाहरण मात्र हो । निजी क्षेत्रले आयोजना गर्ने मेला महोत्सव लगायत निजि क्षेत्रबाट संचालन हुने विभिन्न उद्योग, कलकारखानामा पनि सरकारले सहुलियत दिन सके आफै विकासले आफै गति लिने बताए ।

कार्यक्रममा विशिष्ठ अथिति समेत रहेकी पुर्व संविधान सभा सदस्य कल्पना सोबले प्रदेशको विकासका लागि निजी क्षेत्र र सरकार संगसंगै हिड्नुपर्ने बताईन । ‘सरकार एक्लैले विकास गर्छु भनेर हुदैन । नीजि क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ ।’ नीजि क्षेत्रलाई रोजगारी उत्पादन हुने किसिमका व्यवसायमा लगानी गर्न उनले आग्रह गरिन् । शिखर नगरपालिकाका प्रमूख सीताराम जोशीले नगरपालिकाको पहलमा जडीबुटी सम्बन्धी अध्ययनका लागि आफुले योजना बनाउन लागिरहेको बताए । त्यसका लागि सहयोग गर्न नीजि क्षेत्रसंग आग्रह गरे । यसबाहेक नगरपालिकाले गर्नुपर्ने हरेक सहयोग र भूमिकामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

दश दिन सम्म चल्ले सुदुरपश्चिम प्रादेशिक महोत्सवमा कला संस्कृतिको प्रर्वद्धनका साथै कृर्षि उत्पादित चिजबस्तुहरुको व्यापारीकरणमा समेत सहयोग पुग्ने डोटी उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेले बताए । महोत्सवमा स्थानीयका साथै राष्ट्रिय कलाकार ज्योतीमगर, मनिश खड्का, चक्र बम लगाएत स्थानीय कलाकारहरुको बेडोड प्रस्तुती रहने डोटी उद्योग बाणिज्य संघ डोटीका महासचिब दिपक खड्काले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सुदुरपश्चिमको विकास, कृर्षि,पर्यटन, व्यापारको प्रवद्धन, स्थानीय उत्पादकत्वको बजारीकरण, स्वरोजगारमुखि साना तथा मझौता कलकारखानाहरुको स्थापना, यस क्षेत्रमा रहेका श्रोत साधनहरुको खोजि निती सम्भाब्यता अध्ययन र अबसरमा परिणत गर्न सुझाब दिएका थिए  ।

प्रादेशिक महोत्सवको उद्घाटन समारोहमा डोटी जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधी, डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी, रुद्धध्वज गणका प्रमुख सेनानी रत्नकेशर खड्का, सशस्त्र प्रहरी बलका प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, नागरिक समाज पत्रकार, ब्यापारीहरु लगाएको सहभागिता रहेको थियो ।