८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुँदैन हाकिम सा’व भनेपछि ब्यानर बेरेर यसरी प्रहरीको गाडीमा बसे उपसचिव पोखरेल(फोटो फिचर)

अ+ अ-

काठमाडौँ । एक थान ब्यानर र झोलामा केही सय पर्चा बोकेर एका बिहानै धर्ना दिन माइतीघर पुगेका नेपाल सरकारका उपसचिव ईश्वरी प्रसाद पोखरेल समर्थकहरूको पर्खाइमा थिए ।

उनले आफ्नो ध्यानाकर्षण धर्ना कार्यक्रमबारे प्रशासनलाई पूर्व जानकारी दिइसकेकाले पनि उनी पुग्नु भन्दा अघि नै प्रहरी टोली पुगिसकेको थियो ।

उपसचिव पोखरेल यताउति फोन लगाउँदै गर्दा केही समर्थन कर्ता आइपुगे ।

कार्यक्रमबारे प्रहरी उनीसँग विस्तृतमा जानकारी लिँदै थिए । र, सोही अनुसार माथि रिपोटिङ गरिरहेका थिए ।

यतिकैमा उनले बोकेको ब्यानर खोल्न भन्यो प्रहरीले ।

ब्यानरमा उल्लिखित विषयबारे रिपोटिङपछि प्रहरी जिल्ला प्रशासनको चिठी बिना बस्न नमिल्ने प्रहरीले बतायो । तर, उपसचिव पोखरेल यसअघि नै जानकारी दिई सकेको र आफू जसरी पनि धर्नामा बस्ने भन्दै कड्किए ।

अनि प्रहरी निरीक्षक शिव कुमार बुढाथोकीको टोली अघि बढ्यो र एक पटक सिंहदरबार परिसरमा बोलाउनु भएको छ, हजुर त्यता गई दिनु पर्‍यो भने । तर उनले काँ जाने, म यहाँ धर्ना बस्न आएको भने पछि इन्स्पेक्टर बुढाथोकीले पत्र बिना हुँदैन, हाकिम साप भनेपछि पोखरेलले ब्यानर दोब्र्याए र प्रहरीसँगै गाडीतर्फ हिँडे ।

सम्बन्धित समाचार : धर्ना बस्न पुगेका उपसचिव प्रहरी नियन्त्रणमा

ब्यानर र पर्चासहितको झोला बोकेका पोखरेल प्रहरीको गाडीमा बिचको सिटतर्फ जाँदै गर्दा एक जना जवानले भने, सर पछाडि राख्ने होइन ?

यतिकैमा इन्स्पेक्टर बुढाथोकीले मुस्कुराउँदै भने, ‘हाकिम सा’प पो त !’

छोड्दे अगाडी नै बस्न दे !

प्रतिक्रिया दिनुहोस