२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जय घुशेस्वर महादेव !

अ+ अ-

भनौँ के भनौँ, सुनाऊँ भने कसलाई के सुनाऊँ । आफैलाई लाज लाग्ने कुराका बारेमा के कुरा गर्नु ! नगरौँ भने पनि गुम्स्याएर राख्दा कतै आफैलाई बेफाइदा भयो भने जोरी पारी छिमेकीहरूले छड्के कुरा गर्लान् भन्ने डरको पोको मनमा पालेर के बस्नु !

कुरा के भने गाउँमा एउटा घुशेस्वर महादेवको पाँच तले मन्दिर छ । त्यो मन्दिरलाई सबैले हेपेर घुस्या हा मन्दिर भनेर सर्वत्र हल्ला फिँजाएका छन् । आफूलाई भने जे भए पनि मन्दिरका बारेमा त्यस्तो हल्ला नफिँजाए हुन्थ्यो भन्ने मनसायले सधैँ त्यही मन्दिरको पूजा गर्न मन लागिरहन्छ ।

खै कुन जमानामा हो, पुर्खाहरूले बनाएको उक्त मन्दिरमा गाउँका मात्र होइनन् धेरै टाढा टाढाबाट पनि घुस्या हा श्रद्धालु भक्तजनहरू आउँथे । खै के के भट्भट्याएर पूजा गर्थे र मन्दिरमा आफैँले चढाएको फुल प्रसादहरू भन्दा बढी कुरा झोलामा हालेर लैजान्थे ।

उक्त मन्दिरमा पूजा गर्नका लागि घुस्याहा भक्तजनहरू त्यहाँका पुजारी–पाले सबैलाई घुस खुवाएर सबैभन्दा पहिले पूजा गर्न तँछाड मछाड गरेर रडाको मच्चाउँथे । मन्दिरभित्रका देवता कस्ता थिए वा थिएनन् त्यो कुरा कसैले हेक्का गरेका थिएनन् । तर पूजा गर्न भने भक्तजनहरूको भिड लागेको हुन्थ्यो । मन्दिरभित्र भगवान् नामका देवता दिएकी थिएनन् त्यो पनि कसैलाई थाहा छैन । म जस्तो गोज्याङ्ग्रे पनि उक्त मन्दिरमा पूजा गर्न पुजारी पालेहरूलाई जुस सरी महँगो घुस खुवाएर लाम लाग्थेँ ।

भनौँ भने बुद्धि बिग्रिए पछि घुस्याहा भैयो । त्यही घुस खाएको कुरा अरूले थाहा नपाउन र कुरा अन्त नजाओस् भनेर घुशेस्वर महादेवको पूजा गरेर सुरक्षित बन्न घुस खुवाएर पूजा गरेको छु । यस्तो भन्न नहुने कुरा पनि म भन्दै छु । फेरि यो कुरा घुशेस्वर महादेवले थाहा पाए भने त मलाई भोलिदेखि मन्दिरमा पूजा गर्न जानसमेत प्रतिबन्ध लगाउन सक्छन् । कस्तो अचम्म ! आफूलाई घुस नखाई भात खाएको नपच्ने । फेरि भात खाइन भने घुस खाएको पनि नपच्ने भएकोले जसरी जताबाट पनि मैले घुस खानै पर्ने बाध्यता आउन थाल्यो गाँठे यो मन्दिरमा पूजा गर्न थालेपछि त भन्या । त्यसैले ठूलाबडाहरू यो मन्दिरमा पूजा गर्न घुस खुवाएर भए पनि तँछाड मछाड गर्दा रहेछन् भन्ने कुराको भेद खुल्यो ।

एउटा भन्नै पर्ने कुरा के हो भने म घुस खाने नम्बरी चुस्याहा र घुस्याहा दुवै भएकोले मेरा छिमेकीहरूले मेरो नाम नै मन्दिरसँग जोडेर घुशेस्वर नै राखेका रहेछन् । मलाई गोज्याङ्ग्रे भनेर चिन्नेहरुलेसमेत घुशेस्वर सर भनेर चिन्न थालेछन् । गाउँमा मेरो नाम नै परिवर्तन भएको कसैले मलाई सुनायो । तर म दोस्रो न्वारानबाट दुखी भइन बरु खुसी नै भएँ, किनभने मेरो नाम यहाँको प्रसिद्ध घुशेस्वर मन्दिरको नामले चिनिएको थियो । घुशेस्वर मन्दिरको नाम नसुन्ने, नचिन्ने को होला र ! देश विदेशमा बस्ने नेपालीदेखि घर बाहिर ननिस्केका नेपालीहरूसमेतले नदेखे पनि सुनेका छन् । यो कुराले पनि म गोज्याङ्ग्रे मेरो नाम परिवर्तन भएकोमा खुसी भएर चुलिएँ सगरमाथाको टुप्पोसम्म ।

घुशेस्वर नामले घुशासन चलाउँदा मलाई साह्रै आनन्द आयो र कुशासनको जग बसाले आफ्नो ठाउँमा । त्यही कुशासनको व्यशासनमा बस्नका लागि मैले घुशासनको अभियान चलाएर गोज्याङ्ग्रेबाट बढुवा भएर घुशेस्वरसम्म पुग्न सफल भएको अनुमान गरेको छु मैले । मलाई यो ठाउँमा लैजान योगदान गर्ने सबै तृप्त, अतृप्त आत्माहरूलाई म धन्यवाद भने दिन सक्दिन, किनभने यस काममा उनीहरूको स्वार्थ छैन । अहिलेको समयमा स्वार्थ नहुने मानिसहरू भनेका नकारात्मक सोचका मानिसहरू हुन् । घुशासनका कुरा साँच्चै भन्ने हो भने सकारात्मक सोच भएका मानिसहरूले मात्र गर्छन् अहिलेको जमानामा ।

व्यशासनमा बसेर कुशासन नगर्ने र घुशासनको अभियान चलाउन नसक्ने कर्मचारीको महत्त्व कहिल्यै हुँदैन भन्ने कुरा मैले पहिल्यै बुझेका कारण लोक सेवा आयोगको परीक्षा दिँदा घुशेस्वर महादेवका बारेमा धेरै पाठहरू घोकेर गएकोले खोकेर सुनाउन सफल भएको थिएँ । त्यसैको परिणाम स्वरूप म लोक सेवा आयोगको परीक्षामा दुनियाँसँग भिडेर भिडभाडलाई पन्छाउँदै, आँखा लाग्नेहरूलाई मन्छाउँदै, अशुद्धहरूलाई सुन पानी छर्केर शुद्ध्याउँदै घुशासनको व्यशासनमा बसेर कुशासनको जग बसाल्न सफल भएँ ।

मेरो सफलतादेखि खुसी हुनेहरूले अनसन बसे । अघाउजी खाएर भोक हडताल गरे । मरेकाहरूले पछि पनि आमरण अनसन बसे । कतिपयले मेरो सफलतामा गधा माथि चढेर खुसी मनाए भने कतिपयले चाहिँ कटुवाल बनेर आफूले लाएको कट्टु समेत फुस्कने गरी शङ्ख फुकेर हिँडेँ । भनौँ सबैले आ–आफ्नो बुद्धि विवेक अनुसारको हरकत र बर्कत देखाए । यसले मलाई कुनै आश्चर्यमा पारेन र अहिलेसम्म कुनै उदेक पनि लागेको छैन । जे जे भए पनि म घुशेस्वरका नामले चिनिएँ मान्छेका रूपमा, देवताका रूपमा होइन । यसलाई पनि मैले आफ्नो बढोत्तरीको एउटा कारण मानेको छु ।

मेरो नाम त मेरा छिमेकीहरूले न्वारान गरे तर अहिले गाउँतिर धेरै घुशेस्वरहरु जन्मेका छन् भन्ने सुन्दै छु । गाउँतिरका घुशेस्वरहरुको महल सिंहदरवारझैँ छ भन्ने हल्ला पनि हावाले उडाएर हामी सबैको किनकानमा पु¥याएको छ । गाउँमा सिंहदरवार लैजानेहरू पनि घुशेस्वर महादेवकै पूजा गरेर प्रशिक्षित वा प्रफुल्लित भएका हुन् भन्दा कुनै फरक पर्दैन ।

साँच्चै भन्ने हो भने गाउँमा सिंहदरवारको परिकल्पनाकारहरू केन्द्रको सिंहदरवारबाट बिच्किएर, हच्किएर, चिप्लिएर, उछिट्टिएर, पछारिएर गाउँमा ठाउँ खोज्नका लागि हतारिएका हुन् । गाउँमा ठाउँ बनाउन घुशेस्वरहरु गाउँ घुसेर शासनलाई कुशासन, प्रशासनिक व्यशासनलाई घुशासनका रूपमा परिणत गरेको कुरा भुराहरुलेसमेत बुझेका छन् ।

अब यस्तो प्रकृतिको शासनले आसन जमाएको हाम्रो मुलुकाँ घुशेस्वरहरुको बाहुल्यता नहोस् पनि कसरी ? जुगेस्वर, अशेस्वर, कुशेस्वर, विन्देस्वर, महेश्वर, रामेश्वर लगायतका नामबाट चिनिएकाहरू हुन् वा अन्य कुनै नामबाट चिनिएकाहरू हुन् वा किनिएकाहरू हुन् आखिरीमा घुशेस्वर महादेवको पूजा आराधना नगरी छाड्दैनन् । पूजा–भुजाका लागि र भुजा–पूजाका लागि भन्दै मुखमा बुजा लगाउन पछि पर्ने कोही छैनन् । कुराले आदर्शवादी भनाउँदाभनाउँदै कामले गन्हाउँदा भा’का छन् । यी सबै कुरा घुशेस्वर महादेवजीको आशीर्वाद नै हो भन्ने कुरामा म सोह्रै आनामा ताना बाना बनाउन तयार छु । किनभने म जस्तो गोज्याङ्ग्रे त घुशेस्वर महादेवको भक्त भा’छु भने मभन्दा टाठाबाठाहरु त झन् घुशेस्वर कर्मभक्त नहुने कुरै छैन ।

राज्यले देशका विभिन्न भागमा हाम्रो परम्परा, संस्कार र संस्कृतिको जगेर्नाका लागि अनिवार्य रूपमा घुशेस्वर महादेवको मन्दिर निर्माण गर्ने तर्फ आवश्यक प्रक्रिया अघि बढाउन घुसोचित सुझाव पनि दिन चाहन्छु । किनभने देशमा घुशेस्वरहरु ज्यादा भएका कारणले उनीहरूको सेवा सुविधाका लागि पनि घुशेस्वर जीको दर्शन आवश्यक ठानिएको छ । राज्यले घुशेस्वरहरुलाई जतिसक्दो छिटो छरितो रूपले सेवा सुविधा उपलब्ध नगराएका खण्डमा ती घुशेस्वरहरु मुर्खेस्वर हुन बेर नलाउने अवस्था देखिएको छ ।

यदि घुशेस्वरहरु मुर्खेस्वर भए भने यो देशले भेष बदलेर शिरको केस समेत शेष पार्ने कुरामा भुराहरूले समेत सहमति जनाउने छन् । त्यसैले घुशासनमा घुशेस्वरहरु फैलिएर मौलिने छन् । कुशासनको व्यशासनमा घुशासनले प्रशासन चलाउन थालेपछि घुशेस्वरहरुको जन्म हुँदै जानेछ र यो देशमा विश्वमा कहीँ नभएको जात्रा हुनेछ ।

अस्तु: घुशेस्वरहरु भनेका गोठाला बिनाका बस्तु जो छाडा भएर मनपरी गर्छ ।