हुम्ला । सिमकोट गाउँपालिका–५ को वडा कार्यालयले बालविकास सहयोगी कार्यकर्तालाई मासिक प्रोत्साहन भत्ता दिने भएको छ ।
आगामी आर्थिक वर्षबाट वडाभित्रका सबै विद्यालयका बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ता दिने भएको हो ।
वडाभित्र बाल मन्दिर मावि, भिमसेन आधारभूत र हिमाली बहिरा आवासीय विद्यालयमा संचालित बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई मासिक एकहजार रुपियाँ वडाले दिने गरी योजना तर्जुमा गरिएको छ ।
मासिक छ हजार पारिश्रमिक पाउँदै आएका उनीहरुलाई राहत मिलोस भन्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।







