२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदान दुरुपयोग गर्ने कृषकलाई कारवाही गरिने मन्त्री केसीको चेतावनी

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उनले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिइन् ।

सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवर्द्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताइन् ।

कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे । भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु ५० लाख अनुदान सहयोगबाट बोका खरीदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । कृषकलाई गोलाप्रथाका माध्यमबाट बोका छनोट गर्न लगाइएको थियो ।

मन्त्री केसीले आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई ३४ जर्सी गाई प्रदान गरे । मन्त्रालयको युवालक्षित कार्यक्रमअन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे ।रासस