२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छ : मन्त्री अर्याल

अ+ अ-

इलाम । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताएकी छन् ।

मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उनले भनिन्, ‘कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।’

मन्त्री अर्यालले भष्टाचार बढी हुने भएर नापी र मालपोत कार्यालयका कर्मचारी बढी अख्तियारका फन्दामा पर्थे र औँला बढी उठाइन्थ्यो तर, अब ती औँला भाँच्ने गरी काम गर्नुपर्छ भन्दै थोरै रकमका लागि कर्मचारीलाई ‘लालचमा’ नफस्न आग्रह गरिन् ।

झण्झटिलोे हिसाबले नेपालका मालपोत कार्यालय विश्वको ८०औँ स्थानमा पर्ने गरेको बताउँदै उनले अहिलेको प्रविधिलाई आत्मसात गरेर काम गर्ने हो भने हाम्रो देशका मालपोत कार्यालय पनि डेढवर्षमा उत्कृष्ट १० मालपोत कार्यालयमा पर्ने दाबी गरिन् ।

भूमि, व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले आपाङ्गता भएका वा पहुँचमा नपुगेका सबै सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनुपर्ने बताउँदै कार्यालयमा सधैँ भीड लागेर सेवा लिनुपर्ने सेवाग्राहीलाई त्यो झण्झटबाट मुक्त गर्न अनलाइन पद्दति ल्याइएको जानकारी दिए ।

महानिर्देशक दवाडीले मालपोतमा जग्गा कारोबार गर्न सेवाग्राहीले घरबाटै फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।