२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ : पूर्वराष्ट्रपति यादव

अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले पछिल्लो समय विभिन्न संघसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर विदेशीले धर्म परिवर्तन गरिरहेकामा चिन्ता व्यक्त गरे ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वतर्फको नारायण मन्दिर परिसरमा यही जेठ २७ गतेसम्म जारी रहने उक्त महायज्ञमा डा.यादवले प्राचीन संस्कृतिका आधारमा बनेका हाम्रा परम्परा, इतिहासको संरक्षण गरी तत्कालीन सभ्यताको अध्ययन गर्न सकिने बताए । विभिन्न जाति, संस्कृति र धर्मले सजिएको समाजमा अहिले एकताको खाँचो औँल्याउँदै उनले भने, ‘हिमालको काखमा रहेको नेपालमा सदियौँदेखि हिन्दू, बौद्ध र किरात धर्मको प्रभाव छ, यिनका संस्कृति र इतिहासलाई संरक्षण गर्नुपर्छ ।’

हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको भावनात्मक एकतालाई सम्बोधन गर्नसकेमा मात्र देशको राष्ट्रियता बलियो हुने उनको भनाइ थियो । डा यादवले जैविक विविधतायुक्त नेपालमा रहेका विभिन्न प्राकृतिक, स्रोत साधनको उपयोग गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

उनले चार दशकअघिसम्म धान निर्यात गर्ने प्रमुख राष्ट्रका रुपमा रहेको नेपालमा प्रकृतिमाथि भइरहेको दोहनले उपभोग्य वस्तुको आयात बढ्दै गएकामा चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको संरक्षणमा सबै संवेदनशील हुनुपर्नेमा पनि पूर्वराष्ट्रपति डा यादवको जोड थियो ।