२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली जनताले अब हिंसा थाम्न नसक्दैन : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा दुई तिहाईको सरकार भए पनि जनताको आकांक्षा बमोजिमको परिवर्तन नभएको जिकिर गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको २४औँ वर्ष गाँठका अवसरमा आज आयोजित अन्तरक्रियामा उनले गरीब तथा निमुखा दुःखी जनताले चाहेको आर्थिक समृद्धितिर सरकारको ध्यान नगएको बताए ।

उनले जनताले दिएको मतको दुरुपयोग गर्दै वर्तमान सरकारले प्रेसलाई तर्साउने काम गरेको, मानव अधिकारमाथि अङ्कुश लगाएको तथा प्रजातन्त्रको मर्ममाथि कुल्चिएको आरोप लगाए । उनले नेपाली जनताले अब हिंसा थाम्न नसक्ने भएकाले सबैले हिंसाको बाटो परित्याग गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सीपी मैनालीले बहुधार्मिक मुलुकमा हिन्दूधर्म लाद्न खोजे उत्पीडित जनजाति तथा धर्मावलम्बीलाई अधिकार सम्पन्न गर्ने उद्देश्य विपरीत हुने बताए । प्रतिनिधिसभा, राज्य तथा सुशासन व्यवस्था समितिका सभापति शशि श्रेष्ठले राज्यमा केही व्यक्तिको हाली मुहाली भए भोलिका दिन अँध्यारो हुने भएकाले सर्वसाधारण जनताले सचेत हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता भीमार्जुन आचार्य, शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाईं लगायतले नेपालमा हालसम्म जारी भएका सात वटा संविधानमा वर्तमान संविधान तुलानात्मक रुपमा प्रगतिशील भएकाले यो संविधान असहमतिबीचको सहमतिको दस्तावेज भए पनि पूर्ण भने नभएको बताए ।