२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलभित्रको विकृति अन्त्य हुनुपर्ने

अ+ अ-

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौ)ले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने बताए । “व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय प्रशासनको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताए । काठमाडौं महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए । काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले प्रहरी र स्थानीय सरकारले मात्र ठमेललाई शान्त बनाउन नसक्ने बताउँदै प्रत्येक व्यवसायीको सोच र विचारमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे। रासस