२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गद्धारीको शाखा मन्दिरको संरक्षण शुरु

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ ।

रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ । प्युठानको स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख बजेटबाट स्वर्गद्धारी क्षेत्रमा १४० मिटर तारबार गरेर घेराउ गरिएको झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए। तारजालीका साथै प्रवेशद्धार र प्रतिक्षालय पनि निर्माण गरिएको छ । स्वर्गद्धारा शाखाको संरक्षणका लागि चारैतर्फ घेराबार गर्नुपर्ने शिव मन्दिरका सन्यासी प्रभानाथ योगीले बताए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले स्वर्गद्धारी परिसरमा गौशाला निर्माणका लागि आफूले पाउने पारिश्रमिकबाट स्थापना गरेको कोषबाट सहयोग गर्ने बताए । उनले तारजालीको घेराबारलाई पूर्णता दिन गाउँपालिकाबाट थप बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

प्युठानको स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्धारीबाट आएका ऋषिहरुले तपस्या गरेको इतिहास छ । स्वर्गद्धारी महाप्रभु प्युठानबाट आएर केही समय टोड्केमा तपस्या गरेको तत्कालीन कुहुँ गाविसका अध्यक्ष प्रेमप्रसाद रेग्मीले बताए।

उनका अनुसार स्वर्गद्धारी महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको पुष्टि हुन्छ । अहिले पनि स्वर्गद्धारीबाट टोड्केमा ऋषिहरु समय समयमा आउने गरिरहेका छन् ।

धौलागिरि हिमालको फेदीमा रहेको रिखार क्षेत्रमा तपस्या गर्न आउने जाने ऋषिहरुले टोड्केलाई बासस्थानको रुपमा प्रयोग गरेको इतिहास छ । २०७२ मा महायज्ञ आयोजना गरेर स्वर्गद्धारी शाखाको संरक्षणका लागि शिव मन्दिर पुनःनिर्माण गरिएको थियो ।

महायज्ञको आम्दानीबाट गौशाला सञ्चालन र तीर्थयात्री निवास निर्माण गरिएको छ । समथर भूगोल र एकान्त वातावरणमा अवस्थित, हिमशृङ्खला, सूर्योदय, गुरासको जंगल, प्राकृतिक सौन्दर्यता र ग्रामीण बस्तीको अवलोकन गर्न सकिने टोड्केको पर्यटकीय सम्भावना पनि छ

गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ वटा हिमशृङ्खलालाई नाङ्लोको घेराझै नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै बस्ती देखिन्छ ।