२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई

अ+ अ-

बाँके । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताएका छन् । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताए ।

“अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उनले भने, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।” मन्त्री राईले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’का लागि निजी क्षेत्रको लगानी अपरिहार्य भएको उनको भनाइ थियो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग तथा नेपालगञ्ज–सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको सो उद्यानमा विभिन्न पूर्वाधार तयार गरिएका छन् ।

उद्यान १७ हजार ५०० वर्गफिटमा फैलिएको छ । उद्यानको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए । नियमित मर्मत सम्भारको अभावमा जीर्ण बनेको उक्त उद्यानलाई व्यवस्थित गर्नका लागि सिद्धार्थ विजनेश गु्रपले नगरपालिकासँगको सहकार्य गरी १५ वर्षसम्म सञ्चालनको अनुमति पाएको छ । साझेदारी गरेर अघि बढ्ने उद्देश्यले निर्माणसँगै सञ्चालनको जिम्मा सिद्धार्थ विजनेश ग्रुपलाई दिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए।