२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दुई ब्रुमर ल्याउँदै काठमाडौं महानगर

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।

ढिलोमा आगामी हप्तामा काठमाडौँ आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५.८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए ।हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा छ टन क्षमताका छन् ।

ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ । युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिए पनि वर्षात्को समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन, उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग हुँदै आएको छ ।

कानूनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती पाँच यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो । कामपासँग यसअघि रहेको एक यान्त्रिक कुचो काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ । यी बु्रमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ ।कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि जनाइएको छ । रासस