२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोसाइँकुण्ड आजदेखि मेला शुरू

अ+ अ-

रसुवा । गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा आजदेखि २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्नाले भगवान् शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकाङ्क्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले आफ्ना अनुभव सुनाए ।

दशहरा पर्वमा पाँच हजार भक्तजनको आगमन हुने लक्ष्य राखिएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थ जाने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ तीर्थ जाने सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको हो ।

चन्दनवारीका होटल व्यवसायी पासाङघिर्मी तामाङले भने, ;धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलका खाद्यान्न भण्डारण भइसकेकाले यहाँका व्यवसायी यात्रुमाझ सेवा दिन आतुर रहेको बताए ।

गोसाइँकुण्ड जाने भक्तजनका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाई सकिएको बताउँदै जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले कुनै पनि यात्रुलाई कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं ०१०–५४०१९९ वा १०० मा फोन गर्न आग्रह गरिएको जानकारी दिए ।

लौरीको लागि निगालो मात्र प्रयोग गर्न र गोसाइँकुण्ड तथा धार्मिक मार्गका भूभागमा जथाभावी फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।रासस