२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदावरी खोलादेखि हनुमन्ते खोलासम्म मानव साङ्लो

अ+ अ-

काठमाडौं । गोदावरी सरसफाइ अभियानले विश्व वातावरण दिवसका अवसरमा बुधबार (भोलि) मानव साङ्लो बनाउने भएको छ । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियान, ललितपुरले गोदावरी खोलादेखि हनुमन्ते खोलासम्म १७ किलोमिटर लामो मानव साङ्गो बनाउन लागेको हो ।

मानव साङ्लोपछि ललितपुरको गोदावरी चोकदेखि गोदावरी खोला किनारामा खुस्बु कोलोनीमा हुने सरसफाइ अभियानमा शहरी विकासमन्त्री मोहम्मद इश्तिायक राई र खानेपानीमन्त्री बीना मगरको सहभागिता हुनेछ । धार्मिक र पर्यटकीयस्थलले महत्वपूर्ण रहेको यस क्षेत्रमा नुहाउनयोग्य पानी बगाउने यस अभियानले मुख्य लक्ष्य बनाएको छ ।

गत फागुन २६ गते आइतबारबाट शुरु गरेको यो अभियानले गत आइतबार १३ औँ हप्ता पूरा गरेको हो । गोदावरी खोलालाई स्वच्छ बनाइ नदीलाई पूर्ण र जीवन्त बनाउन सफाइ अभियान शुरु गरिएको हो । अहिलेसम्म उक्त खोलाबाट करीब ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिसकिएको छ ।

प्रत्येक हप्ता करीब २०० ले उक्त खोलामा रहेको फोहर सफा गर्दै आइरहेका छन् । अभियानलाई सफल पार्न गोदावरी कुण्डदेखि बालकुमारी पुलसम्म तीन दिनको पदयात्रासमेत गरिएको छ । रासस