२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद लामाद्वारा १० एम्बुलेन्स सहयोग

अ+ अ-

दोलखा । सांसद एवं नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स रु २ शववाहन सहयोग गरेका छन् ।

जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन सहयोग गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।

दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेका हुन् । लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थिए ।

आज लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एक/एक वटा शववाहन सहयोग गरेका हुन् ।

आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो । आफूले कमाएको सम्पत्ति र सांसद भएबापत आउने तलब–भत्ताको रकमबाट एम्बुलेन्स खरीद गरी नागरिकको सेवामा आफूले ध्यान दिएको सांसद लामाले बताए । रासस