२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकूद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मादी गाउँपालिका चिप्ली खेलकूद मैदान निर्माण कार्यमा संलग्न ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

खेलकूद मैदान निर्माणका लागि युवा तथा खेलकूद मन्त्रालयबाट आएको बजेट दुरुपयोग भएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा खर्च भएको रकम खेलकूद मैदान निर्माणको काम नै नगरी जिल्ला समन्वय समिति, कास्कीका प्राविधिक नन्दु राम, मादी गाउँपालिका–७ का वडा सचिव रामकृष्ण बाँस्तोला र सिद्ध युवा क्लब, चिप्लीका अध्यक्ष विशाल गुरुङको मिलोमतोमा हिनामिना भएको भन्ने उजुरी आयोगमा परेको थियो ।

निर्माण समितिका पदाधिकारीले अनधिकृत रुपमा रु १ लाख ८६ हजार २७४ बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगले भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत सव–इञ्जिनीयर नन्दु राम, तत्कालीन जिल्ला विकास समिति, पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इञ्जिनीयर हरिबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इञ्जिनीयर नारायणप्रसाद बराल, तत्कालीन मादी गाउँपालिका–७ मा कार्यरत रामकृष्ण बाँस्तोला, तत्कालीन जिल्ला विकास समितिको कार्यालय, कास्कीका लेखा अधिकृत पदमा कार्यरत झलकप्रसाद आचार्य, सोही कार्यालयका लेखापाल विष्णुप्रसाद बराल, चिप्ली खेलकूद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध जनही रु एक लाख ८६ हजार २७४ बिगो दाबी गर्दै आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।