२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

अ+ अ-

गलकोट । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् ।

व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् ।

दमेकका कृषक बलिभद्र सापकोटाले अलैँचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैँचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैँचीको दानालाई प्रतिकेजी रु ८०० मा बेच्न बाध्य भएको बताए ।

तीन वर्षअघिसम्म प्रतिकेजी रु २ हजार २०० मा बेच्दै आएका सापकोटाले प्रत्येक वर्ष अलैँचीको मूल्य घट्दै गएको बताए । ‘तीन वर्षअघि प्रतिकेजी रु २ हजार २०० मा बेचेको अलैँची यो वर्ष ८०० मा बेचेको छु’, सापकोटाले भने, ‘वर्षेनी अलैँचीको मूल्य घट्दा पेशा नै सङ्कटमा पर्ने डर भयो ।’ अघिल्लो वर्ष रु १ हजार ५०० मा अलैँची बिक्री भएको उनले बताए ।

छिमेकीमुलुक भारतमा प्रतिकेजी रु ३ हजार २०० मा बिक्री भइरहँदा आफूहरुले मनग्य आम्दानी हुने देखेर अलैँची लगाएको बताउँदै अर्का कृषक मदु अम्बाइले अलैँचीको मूल्य घट्दा समस्यामा परेको उल्लेख गरे । दमेकमा २० रोपनी जग्गामा अलैँचीखेती गरेको अम्बाइले प्रत्येक वर्ष अलैँचीको मूल्य घटिरहँदा लगानी उठाउनै गाह्रो भएको बताए । अलैँचीको दाना र बिरुवा बेच्दै आएकी अम्बाइले शुरुको वर्ष रु ३ लाख कमाइ गरे पनि अहिले भने जस्तो नभएको बताए ।

‘अलैँची राम्रो आम्दानीको स्रोत भए पनि मूल्य घट्नुले अलैँचीखेतीप्रति सन्तुष्ट नभएको अर्का कृषक गोपालप्रसाद सापकोटाले बताए । ‘शुरुमा अलैँचीको राम्रो व्यापार देखेर २० रोपनी जग्गामा अलैँची लगाएँ’, सापकोटाले भने, ‘वर्षेनी अलैँचीको मूल्य घट्न थालेपछि अलैँचीखेतीबाट असन्तुष्ट भएको छु ।’

महत्वपूर्ण र महङ्गो मसलाका रूपमा प्रयोग हुने अलैँची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैँचीको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैँचीको तेल प्रयोग गरिने बताइन्छ । आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिने बताइन्छ ।

अरब देशमा चिया र कफी बनाउन तथा युरोपियन देशमा उच्चकोटीको मदिरा तयार गर्न अलैँचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशोधन निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिका रूपमा अलैँचीको प्रयोग गर्ने गरिन्छ । जैमिनी नगरपालिकाका–२ र ३ का अधिकांश बाँझो जग्गामा करीव २०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।

धानको सट्टा सुन्तला रोप्दै

विस २०५८ मा कोदो, मकै फल्ने बारी मासेर छोराले सुन्तलाका बिरुवा रोप्दा खेतीपाती मास्नु हुँदैन भनेर गाली गर्ने काठेखोला गाउँपालिका–६ बिहुँका ९० वर्षीय नरिश्वर कँडेलको धारणा अहिले परिवर्तन भएको छ । अन्नबाली खाने बारी मासेर सुन्तला लगाएर के खाने सुन्तला मात्र खाएर भएन भन्ने नरिश्वर कँडेलले अहिले आफ्ना तीन छोरालाई बारी मात्र हैन धान फल्ने खेतमा सुन्तला लगाउन सल्लाह दिन्छन् ।

‘खेतीपातीलाई वर्षभरि दुःख गर्दा खान मात्र पुग्ने रहेछ’, नरिश्वर कँडेलले भने, ‘सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी हुँदो रहेछ ।’ नरिश्वर कँडेलका तीन छोराको मात्र हैन, बिहुँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो ।

नरिश्वरका तीन छोरा बालानन्द कँडेल, युक्त कँडेल र पशुपति कँडेलको मात्र बिहुँको अम्बोटमा २१ रोपनी बारीमा ७५० सुन्तलाको बोट रहेका छन् । बारी मासेर सुन्तला उत्पादन गर्दै आएका तीन कृषक भाइले धान रोप्ने खेतमा समेत सुन्तलाका बिरुवा लगाउन थालेका मात्र छैनन्, अन्य किसानलाई समेत सुन्तलातर्फ आकर्षण गरेका छन् ।

यतिबेला जिल्लाका सबै कृषकलाई खेतमा धान रोप्ने तरखर भए पनि बिहुँका कृषकले खेतमा सुन्तला रोप्नका लागि खाल्टो खनेर तयारी गरेका छन् । गाउँमा धान फल्ने खेत रहेका अन्य कृषकलाई समेत सुन्तलाखेतीतर्फ आकर्षण गर्नका लागि खेत मासेर सुन्तला लगाउने अभियान थालेको बालानन्द कँडेलले जानकारी दिए ।

अहिले २५ रोपनी खेतमा धानको सट्टा सुन्तलाको बिरुवा रोप्ने तयारी गरिएको सुन्तला कृषक पुशपति कँडेलेलले बताए । “बिहुँ क्षेत्रको सबै बारी तथा बाँझो जमीनमा सुन्तला बगान निर्माण भइसकेको छ’, बालानन्द कँडेलले भने, ‘सुन्तलाबाटै समृद्ध वडा निर्माण गर्नका लागि वडा कार्यालयको योजनाअनुसार खेतमा समेत धमाधम सुन्तला लगाउने तयारी छ ।’

सुन्तलाबाट मनग्य आम्दानी भएको देख्दा कँडेलजस्ता अन्य कृषकसमेत धान रोप्नुको सट्टा सुन्तला रोप्न तत्पर देखिएका हुन् । हाल वडामा ११ वटा सुन्तलाको ब्लक निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेकोे वडाध्यक्ष युक्त कँडेलले जानकारी दिए । ‘सुन्तलाका लागि बिहुँ जिल्लाकै उत्कृष्ट स्थान हो’, एउटै वडामा ४० हजार सुन्तलाको बोटले उत्पादन दिन्छन् । वडा कार्यालयका अनुसार सुन्तलाको बिरुवा रोप्ने सिजन जेठ असार भएकाले यो वर्ष मात्र खेत, बाँझो जमीन तथा खरबारीमा १० हजार सुन्तलाका बिरुवा रोप्ने तयारी गरिएको छ ।

सुन्तला रोप्नका लागि अनावश्यक रुख फँडानी गर्ने, खाडल खन्ने र मलखातको तयारीमा बिहुँका सुन्तला किसान व्यस्त छन् । वडा कार्यालयले वर्षेनी सुन्तलाका बिरुवा, सुन्तलाको बोटको औषधि उपचारमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै आएको छ ।

एघार सुन्तलाको ब्लक रहेको ६ नं वडामा सुन्तला बिक्रीबाटै वार्षिक रु ३ करोडभन्दा बढी भित्रने गरेको वडा कार्यालयको तथ्याङ्क छ । वडामा सुन्तलापछिको आयस्रोतका रुपमा दूधको व्यापार रहेको कृषक बताउँछन् । अहिले बिहुँका सुन्तला कृषक सुन्तला गोडमेल गर्न, मल हाल्न, सिँचाइ तथा औषधि उपचार गर्न व्यस्त रहेका छन् । कम दुःखमा धेरै आम्दानी हुने भएकाले किसान बारी तथा खेत मासेर सुन्तलाखेती विस्तार गर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्गले जोडेको बिहुँमा उत्पादन हुने सुन्तला बोटबाटै बिक्री हुँदै आएपछि कृषक यसप्रति थप उत्साहित भएका छन् । जिल्लामा बिहुँ धेरै सुन्तला उत्पादन हुने गाउँमा पर्दछ ।रासस