२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए ।

सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिए।

उक्त विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताए ।

रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उनको भनाइ थियो । अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिए ।

विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोलेका थिए । त्यसअघि डा. खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन) विधेयक, २०७६’ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।