२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा आमा–छोरीद्वारा झुण्डिएर आत्महत्या

अ+ अ-

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा बुधबार मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

‘मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्मा साँझमा देखा नपरेपछि अन्य साथीले खोजी गर्दा ढोका लगाएर बसेको थाहा पाएछन्’, महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले भने, ‘कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।’ उनले दुई महीना अघि पत्नी र छोरीलाई छाडेर पति के कारणले घर गएका रहेछन् थाहा भएन बताए ।

असोजबाट पतिसहित यी आमाछोरी बतासेडाँडाका प्रेमप्रसाद घिमिरेको घरमा भाडा गरी बस्दै आएको महानगरीय प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले बताए । आज बिहान शवपरीक्षणका लागि चापागाउँ ल्याइएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक राजकुमार खिउँजुले जानकारी दिए ।