२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै कारण अरु १८ हजार जना विरामी भएका छन् ।

गत मे ३१ तारिखसम्म प्राप्त विवरण अनुसार विरामी हुनेमा १८ हजार ७६० जना रहेका छन् । विरामीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लामा रहेका छन् । कोलम्बोमा मात्रै चार हजार ६६ जना विरामी भएका छन् ।

कोलम्बोपछि दोस्रो धेरै विरामी गाम्फाहमा भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार गाम्पाहमा २ हजार ४८० विरामी भएको अधिकारीहरूले जनाएका छन् ।

तेस्रो धेरै विरामी भएका जाफ्नामा भने एक हजार ८८७ जना विरामी भएको रोग नियन्त्रण तथा रोकथाम इकाइको तथ्याङ्कमा उल्लेख छ ।

चिकित्सकहरुले उच्च ज्वरो, अनियन्त्रित वान्ता, असह्य पिडा, कमजोरी महशुस हुने लगायतका लक्षण देखिए तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न वा चिकित्सकहरुको सल्लाह लिन आग्रह गरेका छन् ।

‘ज्वरो सम्वन्धी सवै विरामीलाई आरामको आवश्यकता पर्दछ, विद्यालय तथा कार्यालय लगायतका भीडभाड भएका ठाउँमा जानुहुदैन,’ एक चिकित्सकले भने ।

श्रीलङ्कामा डेङ्गुकै कारण गत बर्ष ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार जना विरामी भएका थिए । रासस/सिन्ह्वा