२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका एक सयलाई झुल वितरण

अ+ अ-

लमही । दाङको तुलसीपुर उपमहानगरपालिका– ७ ले वडाका अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरेको छ । दाङमा पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

शनिबार वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सबैलाई झुल वितरण गरिएको हो ।

वडाका सबै अपाङ्गता भएका व्यक्तिको पहिचान गरी झुल वितरण गरिएको उनको भनाइ थियो । अपाङ्गता भएका व्यक्तिले आफैँ कुनै पनि काम गर्न नसक्ने र कुनै आम्दानीको स्रोत नहुने भन्दै उनीहरुलाई सानो सहयोगका लागि झुल वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिका लागि झुल सहयोग गर्नुले अपाङ्गता भएका व्यक्तिलाई थप प्रोत्साहन गरेको अपाङ्ग मानवअधिकार दाङका अध्यक्ष वासुदेव रिजालले बताए । उनले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक सरकारी कार्यालयमा अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्ने धारणा राखे ।

मगर भाषा कक्षा शुरु
तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो ।

नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताए। “पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, वेषभूषा हराउँदै गएको छ”, उनले भने, “यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरेका हौँ ।” विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा जानकारी दिनका लागि यो कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

उक्त कक्षाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका थिए । “नेपाल बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुक हो”, उनले भने, “त्यसैले तुलसीपुरमा मगर भाषा कक्षा सञ्चालन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो ।”