२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउन मौद्रिक नीति’

अ+ अ-

काठमाडौं । देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । मुद्रास्फीति घटाउने तथा आर्थिक वृद्धि दर बढाउनेमा केन्द्रित रहेर दीर्घकालीन सोचका साथ केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्रलाई उकास्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या हुन नदिने, वित्तीय सुशासन कायम गर्ने दीर्घकालीन दृष्टिकोणका साथ मौद्रिक नीति बनाइँदै आएको बताए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर ‘आइबिएन न्यूज मिडिया एण्ड रिसर्च’ नामको संस्थाले आज ललितपुरमा आयोजना गरेको छलफलमा उनले जनताको निक्षेपको पूर्ण सुरक्षा गर्दै उत्पादनशील क्षेत्रमा त्यसको सदुपयोग गर्ने विषयलाई बढावा दिनु मौद्रिक नीतिको मूल लक्ष्य र उद्देश्य हुने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जाको ब्याज घटाउन आफूहरू लागिपरेको तथा कृषि र जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकको निर्देशनबमोजिम लगानी गर्दै आएको जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष एवं आइबिएन न्यूज मिडिया एण्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमले लगानीयोग्य रकमको अभावमा व्यवसाय विस्तारमा समस्या भएको उद्यमी–व्यवसायीका गुनासालाई केन्द्रीय बैंकले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।