२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिमा उजुरीको चाप

अ+ अ-

लमही । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १०४ वटा मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको हालसम्म उजुरी परेका १०४ मुद्दामध्ये २१ वटाको फछ्र्यौट भइसकेको न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिइन् । साउनमा नौ, भदौमा तीन, असोजमा ६, कात्तिकमा चार, मङ्सिरमा नौ, पुसमा १०, माघमा पाँच, फागुनमा १२, चैतमा १४, वैशाखमा १३, जेठमा १५ र असारको पहिलो सातासम्म तीन वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ ।

विशेषगरी घरेलु हिंसा, जग्गा रोक्का, माना–चामल, आमा–बाबु अलग भएर छोराछोरीहरु विचल्लीमा परेका जस्ता मुद्दाहरु समितिमा बढी आउने गरेको उनको भनाइ छ । त्यसैगरी लेनदेन, झै–झगडा, ज्येष्ठ नागरिकलाई खान–लाउन नदिएको कुटपिटलगायतका मुद्दा पनि बढी आउने गरेको संयोजक आचार्यले जानकारी दिइन् ।

उजुरी परे पनि दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको समेत उनको भनाइ छ । ‘न्यायिक समितिमा थुप्रै उजुरीहरु आउने गरेका छन्’, उनले भनिन्, ‘तर दक्ष कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।’

संयोजक आचार्यले हाल उपमहानगरका प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गरेकाले वडामा मिलाउन नसकेका मुद्दाहरु छानेर उपमहानगरपालिकामा पठाउने गरेको बताइन् ।

यसरी मुद्दाको प्रकृतिलाई हेरेर न्यायिक समितिले पक्ष र विपक्षका सदस्य राखेर मेलमिलाप गराउँदै आएको समेत उनले बताइन् । हाल न्यायिक समितिमा उजुरी प्रशासनमा एक, हेल्पडेक्समा एक, सचिवालयमा एक र कार्यालय सहयोगी एक गरी चार कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।रासस