२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन : रक्षामन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना दृढ सङ्कल्पित छ भने ।

नेपाली सेनालाई आधुनिकीकरण र सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘विकास र निर्माणका काममा पनि नेपाली सेनाको योगदान उल्लेख्य छ ।’

सर्वसाधारणको आवाजलाई ध्यानमा राखेर विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन गर्न सरकार संवेदनशील रहेको बताउँदै उनले परिवर्तित राजनीतिक शासकीय व्यवस्थाअनुसार नयाँ सुरक्षा नीति पारित गर्नाका साथै राष्ट्रिय सुरक्षा नीतिलाई अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिए ।

सैनिक कूटनीतिक सम्बन्ध विस्तार, पेशागत दक्षता र क्षमता अभिवृद्धिका साथै शान्ति स्थापना र विपद् व्यवस्थापनामा क्षमता बढाउने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय सैन्य तालीम र अभ्यास गर्दै आएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतदेखि नै यसखाले प्रशिक्षण विशुद्ध सेनाको क्षमता अभिवृद्धि र पेशागत व्यावसायिक सुदृढीकरणका सिलसिला हुन् भने ।

नेपाली सेनाले भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतका सेनासँग पेशागत क्षमता बढाउने, सहकार्य गर्ने, ज्ञान आदान–प्रदान र पारस्परिक क्षमता बढाउने सिलसिलामा यस्ता अभ्यास हुने गरेको बताउँदै उनले नेपाल स्थापनाकालदेखि नै असंलग्न आन्दोलनको सदस्य मुलुक भएकाले कुनै क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन भने।

संवैधानिक व्यवस्थाअनुरुप नै विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेनाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ भन्दै उपप्रधानमन्त्री पोखरेलले त्यसका लागि आवश्यक नवीन उपकरण र साधानस्रोत उपलब्ध गराउँँदै आएको छ भने ।

नेपाली सेनाको क्षमता बढाउने सन्दर्भमा साधन स्रोत र बजेट बढाउँदै लगिएको बताउँदै उनले बाह्य तथा आन्तरिक सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सेनाले विशिष्ट योगदान दिइरहेको छ भने।

सेनाभित्र सरुवा, बढुवा र सेवासुविधालाई पारदर्शी तथा न्यायोचित बनाउन सैनिक नियमावली संशोधन गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले सेवामा रहेका बखत सकल दर्जा कम्तीमा एक पटक शान्ति सेनामा संलग्न हुन पाउने स्पष्ट नीतिगत व्यवस्था गरिएको बताए ।

नेपाली सेनाले शान्ति स्थापना गर्ने क्रममा विभिन्न द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिशनमा गएर योगदान दिइसकेको र सेनाको कल्याणकारी कोषमा ४५ अर्ब रहेकामा त्यसबाट प्राप्त व्याज नेपाली सेनाका भूतपूर्व वा बहालवालाका सैनिकको हितमा प्रयोग हुँदै आएको उनले स्पष्ट पारे ।

काठमाडौं तराई मधेश द्रुत मार्गका लागि यो वर्षको बजेटमा १५ अर्ब विनियोजन भएको तथा उक्त मार्ग मुलुकको विकासको मेरुदण्ड भएको हुँदा विस्तृत आयोजना प्रतिवेदन अध्ययनको चरणमा रहेकाले छिटो स्वीकृत गरी कामलाई तीव्र गति दिने सरकारको नीति छ भने ।

नेपाली सेनाले हालसम्म कर्णालीलगायत विभिन्न क्षेत्रमा २७ सडक र ३० वटा पुल निर्माण गरिसकेको पनि उनले जानकारी दिए।