२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई खुशी बनाउने बजेट आवश्यक

अ+ अ-

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक रमाउने खालको विकास आवश्यक रहेको बताएका छन् । त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने उनको धारणा थियो ।

हेटौँडा उपमहानगरपालिकाको पाँचौ नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने बताए ।

मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै खासै फरक नपार्ने भन्दै बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने धारणा राखे । विकासका लागि पैसा वा अर्थ मात्रै ठूलो कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले योजना प्रमुख कुरा भएको बताए ।

हेटौँडाको शहीद स्मारक ९० हजार लागतमा शुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक रुपान्तरण गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताए । हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले कामको गति छिटो भएको तर त्यसअनुसार कानून नभएकाले समस्या सृजना भएको बताए ।

हेटौँडामा सडक फराकिलो बनाउने कामसँगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागिपरेको बताउँदै प्रमुख महतले पाँच वर्षको आफ्नो कार्यकालमा हेटौँडालाई नमूना शहरका रुपमा विकास गरिने बताए ।