२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्राका लागि आत्मसुरक्षा तालीम

अ+ अ-

धनुषा । प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ । तालीमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालीमको आयोजना गर्न लागिएको जानकारी दिए ।

कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालीम सञ्चालन गरिएको स्पष्ट पारे ।

समाजिक विकास मन्त्रालयले एक करोड खर्च गरेर विद्यालयमा तालीमको आयोजना गर्न लागेको समाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए । उनले तालीमपछि छात्रामा आत्मबलको विकास हुने विश्वास व्यक्त गरे ।

लैङ्गिक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँदै मन्त्री साहले छात्राको मनोबल बढाउनका लागि आत्मरक्षा तालीमअन्तर्गत कराते तथा शारीरिक कसरतजस्ता सामान्य परीक्षण दिइने बताए।

सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यका लागि खेलकूद, राष्ट्र निर्माणका लागि खेलकूद” भन्ने मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालीममा प्रदेश नं २ मातहतका ६४ सामुदायिक विद्यालयका छ हजार ४०० विद्यार्थी सहभागी छन् । सहभागीलाई प्रदेश नं २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले आत्मरक्षा तालीम दिइरहेका छन् । रासस