२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा दूधको अनुदानमा चार गुणा वृद्धि

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिइन् ।

कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उद्देश्यले अनुदान बढाइएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन भएलगत्तै गत आवको छ महीनाका लागि दूधमा अनुदान दिइएको थियो ।

महानगरको पशु सेवा शाखामा कार्यरत डा सन्तोष घिमिरेका अनुसार चालू आवका लागि आव्हान गरिएको सूचनाका आधारमा ४४ वटा सहकारीमार्फत रु ३४ लाख ५० हजार २२६ अनुदान वितरण गरिएको छ । गत वर्ष सहकारीमार्फत दूध बिक्री गरेका कृषकलाई चालू आवमा अनुदान दिइएको हो । गत आवमा छ महीनाको रु १६ लाख ७४ हजार ६८० अनुदान दिइएको थियो ।

नगर प्रमुख दाहालले कृषि क्षेत्रको प्रवर्द्धनका लागि यान्त्रीकरणको विषयलाई प्रथमिकतामा राखिएको जानकारी दिँदै यसका लागि आवश्यक पर्ने यन्त्र पहिचान, खरीद, सञ्चालन तालीम व्यवस्थापनजस्ता कार्य गर्न निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा युनिट स्थापना गर्न लागिएको बताए । फलफूल, तरकारी, माछा च्याउ केराजस्ता कृषि उत्पादनको विकासका लागि सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गरिने प्रमुख दाहालले बताइन् ।

कृषकलाई बैंकमा लाग्ने ब्याजमा अनुदान दिइने, सहकारीमार्फत कोसेली घर स्थापना गर्न प्रोत्साहन गरिने, बीउबिजन र मलमा अनुदान दिने, लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हटाउन पहल गर्ने, विषादी न्यूनीकरण गर्ने, पशुको नश्ल सुधारका लागि कृतिम गर्भाधान कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने, आधुनिक पशु बधशाला निर्माण गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।