२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितानिवास जग्गा प्रकरण : अख्तियारले बोलायो ८६ जनालाई

अ+ अ-

काठमाडौं ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरि सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।

बयानका लागि ‘भूमाफिया’ किटान भएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने समावेश गरिएको छैन । ढकाल र सुवेदीसँग सहकार्य गरी जग्गा हडपेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पनि बयानका लागि बोलाइएको छैन ।

अख्तियारको सूचनामा ढकालकी छोरी लक्ष्मी ढकालको नाम राखिएको छ । भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई पनि बयानका लागि बोलाइएको छ । बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए ।