२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लाष्टिक निरुत्साहित गर्न कपडाका झोला

अ+ अ-

तुलसीपुर, । घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवर्द्धन गर्न तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पुर्‍याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।

बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग अहिलेको आवश्यकता भएको बताए । कपडाको झोला प्रयोगमा आउन थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा समेत त्यसले सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले सानो लगानीमा वातावरण र मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत हुने भएकाले सो तालीम सञ्चालन गरिएको जानकारी दिए ।रासस