२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु २ लाख घुससहित पक्राउ परेका छन् ।

आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताए ।

‘तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा रु २ लाख लिएको देखियो ।’ विष्टले भने, ‘पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।’ अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।