२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली किसानको अन्त्य गर्नुपर्छ : कृषिमन्त्री थापामगर

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन् ।

बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सक्कली किसानको भ्रम फैलाएर नक्कली किसानले राज्यबाट सेवासुविधाहरु लिइरहेको बताउँदै उनले भने, ‘यस्तो अवस्था आगामी दिनमा पनि कायम रहिरहे राज्यलाई ठूलो नोक्सान हुन्छ ।’ वितरण गरिएको उपकरणले पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने उनले बताए ।

धनजनको क्षति हुनबाट बच्न सकिने हुँदा आधुनिक उपकरणहरु उपयुक्त हुने बताउँदै उनले प्राविधिकहरुलाई किसानको आवश्यकतालाई मध्यनगर गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आयातीत वस्तुहरुलाई प्रतिस्थापित गर्न सकिएमा नेपालको समृद्धि हुने बताए । कृषि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए ।

उनका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण रु ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् ।