२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच नम्बरस्तरिय प्रदेश युवा कृषि सम्मेलन हुँदै

अ+ अ-

बाँके । कोहलपुरमा पाँच नम्बर प्रदेशस्तरिय युवा कृषि उद्यमी सम्मेलनको आयोजना गरिने भएको छ । सम्मेलन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा फोर एच नेपालको आयोजनामा सम्पन्न हुन लागेको आयोजकले जनाएको छ । सम्मेलन असार १४ र १५ गते दुइ दिनसम्म कोहलपुरमा संचालन हुने फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन पाँच नम्बर प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्री आरती पौडेलले समउद्घाटन गर्नु हुने कार्यक्रम रहेको अवस्थीले जनाए । सम्मेलनमा पाँच नम्बर प्रदेशका १२ ओटा जिल्लाबाट छनोट गरिएका सहभागीहरुको उपस्थिति रहनेछ । साथै पक्लिहवा कृषि क्याम्पस, गोर्खा पोलटेक्निल, लक्ष्मी माविमा कृषि अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा एक जना युवा कृषकहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलन अवधिभर मन्त्रीसँग कृषकका कुरा अन्तरक्रिया, कार्यपत्र प्रस्तुति, अनुभव आदानप्रदान तथा कृषि मन्त्रालयको नीति कार्यक्रमको बारेमा कार्यशाला संचालन हुनेछन् । साथै, असार १५ गते स्मार्ट कृषि भिलेज खड्गवारमा धान दिवस मनाउने कार्यक्रम समेत रहेको अध्यक्षले अवस्थीले जानकारी दिए । धान दिवसमा लगभग ५०० जना कृषकसहरु सहभागी हुनेछन् ।

सम्मेलनको अन्तिम दिन पाँच नम्बर प्रदेशस्तरिय युवा कृषि संजालको निर्माण तथा कोहलपुर घोषणा पत्र समेत पारित हुने जनाइएको छ । सम्मेलन अवधिभर कृषि वस्तुको बजारीकरण, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषि उत्पादनको अवस्था, कृषी पर्यटन, दिगो विकास लक्ष्यका तथा कृषि पर्यावरणमा जलवायु परिवर्तनको असर लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

अवस्थीका अनुसार सम्मेलनबाट सहभागीले कृषिमा नयाँ प्रविधि, सीप तथा ज्ञानको बारेमा थाहा पाउनेछन् । यसले कृषि, कृषक र उद्यमीलाई एक ठाउँमा ल्याउदै उनीहरुबीच बलियो सम्बन्ध तथा संजालीकरण बनाउनेमा मद्दत पुग्नेछ । मन्त्रालयलाई आगामी दिनमा नीति तथा कार्यक्रम निर्माणका लागि पनि आधारशिला तय हुने जनाइएको छ ।