२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान झाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ११ नम्बर गण हजमिनियाँ रौतहटका कार्यरत सशस्त्र प्रहरी जवान अरुण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जवान झाले नेपाल भारत सीमबाट कस्मेटिक सामान आयातमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस मागेको आरोप लगाएको छ । आयोगको टोलीले जनाव झालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आरोपीलाई बिगो अनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले ज्याउल हल आधारभूत विद्यालय मदरसा सुनसरीका तत्कालीन व्यवस्थापन समिितका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरी विरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको अनुदान रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

विद्यालयको शौचाय तथा छात्रवृत्तिका लागि प्राप्त भएको रु चार लाख ६० हजार बराबरको रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।