२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमइ बैंकले रु दुई अर्ब ऋण लिने

अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु २ अर्ब २० करोड ऋण लिने भएको छ ।

ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भए पनि बैंकले आज जानकारी दिएको हो । बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका हुन् ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैँकको योजना रहेको छ ।