२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणसँगै खानेपानीे अभाव

अ+ अ-

मुग्लिन । पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ ।

सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना–५ मुग्लिनबजारमा पानीको हाहाकार भएको हो । वर्षात्सँगै खानेपानीको अभाव हुने गरेको होटल सञ्चालक प्रकाश त्रिपाठीले बताए । पानीको मुहानलाई असर नपर्ने गरी विकल्प नखोजी सडक निर्माण गर्दा खानेपानी समस्या सिर्जना भएको उनको भनाइ छ ।

मुग्लिन होटल सङ्घका अध्यक्ष राम पाण्डे पनि मानवजीवनका लागि अत्यावश्यक खानेपानीको मुहानलाई असर नपुर्‍याउने गरी सडक निर्माण गर्नुपर्ने बताउँछन्। उनका मुग्लिन बजारमा अनुसार १०० बढी होटल तथा रेष्टुरेन्ट छन् । केन्द्रीय राजधानी काठमाडौंको मुख्य प्रवेशद्वार मुग्लिनमा खानेपानी अभाव हुँदा होटल सञ्चालनमै समस्या आएको उनको भनाइ छ ।

मुग्लिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शेरचनका अनुसार ३०० घरधुरी ग्राहक रहेका छन् । खानेपानी ट्याङ्की क्षमता कम भएका कारण पनि पर्याप्त पानी सञ्चय गर्न नसकिँदा वर्षायाममा अभाव सिर्जना भइरहेको उनको भनाइ छ । वडाध्यक्ष मोदराज सिलवाल भने सडक निर्माण आवश्यक रहेको र विकल्प नै नभएकाले यस्तो समस्या आएको बताउँछन् । अध्यक्ष सिलवालले पानी परेको समयमा मात्र अभाव हुने गरेको बताए ।

उनका अनुसार पानी पर्दा सडकको हिलो लेदोसहित मुहानमा मिसिने गर्दा समस्या भएको हो । उनले भने, “पानी पर्दा ग्रामीण भेगमा निर्माण भएको सडकको लेदो मुहानमा मिसिने गरेको छ, लेदो मिसिएपछि शुद्धीकरणमा समस्या हुँदा अभाव सिर्जना भएको हो, सडक निर्माणको कामलाई रोक्न पनि नसकिने हुदाँ ती सडकमा पहिरो नरोकिएसम्म वर्षात्को समयमा यो समस्या सिर्जना भइरहनेछ ।” तत्कालका लागि समस्या टार्न विभिन्न विकल्पको खोजी भइरहेको उनले बताए ।

पानीको मुहानै सुक्यो

वर्षेनी खानेपानीको मुहान सुक्दै गएपछि चितवनको इच्छाकामना गाउँपालिका–३ का बासिन्दामा खानेपानीको अभाव सिर्जना भएको छ । विसं २०७२ को विनाशकारी भूकम्प र पछिल्लो समय सडक निर्माण र जङ्गल मासिँदै जाँदा हरेक वर्ष मुहान सुक्दै गएकाले वडा नं ३ कुरिनघाट र नर्सिङटारका २०० घरधुरीलाई खानेपानी अभाव भएको स्थानीय माधवबहादुर घिमिरेले बताए ।

घिमिरे भने, “२०७२ को विनाशकारी भूकम्पपछि खानेपानी अभाव झेल्दै आएका छौँ, पछिल्लो समय सडक निर्माण र बोटबिरुवा मासिँदै जाँदा खानेपानीका मुहान वर्षेनी सुक्दै गएको छ, हिउँदमा मुहान सुक्ने र वर्षायाममा सडकको लेदोले पानी पिउन योग्य नहुँदा समस्या सिर्जना भएको हो ।” रासस