बुटवल । कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालयमा आगलागी भएको छ ।
कपिलवस्तु नगरपालिका– १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।
कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु जलेर नष्ट हुँदा करिब दश लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।







