२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा २४ प्रतिशत धान रोपाइँ

अ+ अ-

बारा । असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी द्रिए।

समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले समयमा रोपाइँ हुन नसकेको बारागढी गाउँपालिकाका–४ सुखीका किसान ललन पासवानले बताए । यो वर्ष कृषकले बर्खे, भदैया, अगहनी गरी ५२ हजार ४७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । तर समयमा वर्षा नहुँदा सो लक्ष्य पूरा हुनेमा शङ्का रहेका प्रमुख यादवको भनाइ छ ।

हप्तादिनभित्रमा वर्षा नभइदिएमा धान उत्पादनमा ठूलो कमी आउने र खडेरी पर्ने सम्भवनासमेत उत्तिकै रहेको प्रमुख यादवले भने । गत वर्ष किसानले बर्खे, भदैया, अगहनी धानको खेती ५० हजार ४७५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । त्यसबाट ५८ लाख १० हजार ५४३ दशमलव ६५ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्र बाराले जनाएको छ ।